बागमती मन्त्रिपरिषद् बैठक

स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशीलाई नियुक्त गर्ने निर्णय

प्रदेश बालअधिकार समितिमा ५ जना नियुक्त
नवयुग संवाददाता
१४ श्रावण २०७७, बुधबार १८:०८

मकवानपुर । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डाक्टर विश्वराज जोशी (बीआर)लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

वुधबार (आज) बसेको मन्त्रिपरिषदको बैठकले जोशीलाई प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले ४ वर्षका लागि जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघि काठमाडौंको वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साइन्सको रजिष्ट्रार, वीर अस्पतालमै युरोजिष्ट प्रमुख समेत रहेका जोशीले सन् १९७४ मा एमडी र १९८३ मा डाक्टर उपाधी हासिल गरेका हुन् ।

उपकुलपति नियुक्तीसंगै प्रतिष्ठान सञ्चालनका कार्यहरु अगाडि बढ्ने सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
यसैगरी प्रदेश बालअधिकार समितिमा पनि सदस्यहरू नियुक्त गरिएको छ । समितिमा झवीन्द्र ज्ञवाली, शान्ता बराल, शान्ति श्रेष्ठ, मीना थापा र लक्ष्मी ढकाललाई मनोनीत गरिएको हो । उनीहरुको कार्यकाल ४ बर्षको हुनेछ ।

यस्तै बैठकले प्रदेश युवा परिषद् नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता ढुंगेलले जानकारी दिए । यत वैदेशिक सहयोग प्राप्ति र कर छुटका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*