पहिरोले पुरिएर एकै परिवारका सातसहित नौको मृत्यु

नवयुग संवाददाता
१४ श्रावण २०७७, बुधबार २१:०३

कालिकोट । पहिरोले पुरिएर कालिकोटमा नौजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका सातजना र अन्य दुईजना छन् । मंगलबार राति नरहरिनाथ गाउँपालिकामा दुई ठाउँमा पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो । उनीहरुको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा नरहरिनाथ–७ का ६२ वर्षका गंगे बुढा, ६१ वर्षकी नैना बुढा, २४ वर्षका कुशा बुढा, १० वर्षकी चन्द्रिका बुढा, सात वर्षका राम बुढा र डेढ वर्षका चरित्र बुढा छन् ।

यस्तै, १८ वर्षकी बिमला बुढाको उपचारको क्रममा मृत्यु भएको हो । नरहरिनाथ नगरपालिका–४ मा पहिरोले घर पुरिँदा ६२ वर्षका बले बुढा र उनकी श्रीमती मन बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सबैको शव पोस्टमार्टमका लागि अस्पताल लाने तयारी भइरहेको जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*