हेटौंडेली र्‍यापर ‘मिस्टर डि’ को ‘बन्दै छ नेपाल २’ सार्वजानिक (भिडियो सहित)

नवयुग संवाददाता
१५ श्रावण २०७७, बिहीबार ११:४०

मकवानपुर । हेटौंडेली र्‍यापर गायक मिस्टर डि को नयाँ गीत विहीबार सार्वजानिक गरिएको छ । बन्दै छ नेपाल २ को कल्ले भन्यो तँलाई भन्ने गीत सार्वजानिक भएको हो । सुमन तामाङको संगीत संयोजनमा तयार पारिएको गीतमा वि टु डीको नृत्य रहेको छ । उक्त नृत्यलाई रवि पटेल, विक्की पटेल र विवेक थापाले कोरियोग्राफी गरेका छन्, ।

आफ्नै लेखन तथा आवाजमा रहेको गीतको भिडियोलाई अनिल कटुवालले खिचेका हुन्, भने छायाँकनमा सहयोगी द क्लिकर्स हेटौंडा र सौरव तामाङ रहेका छन्, । उक्त गीतको भिडियोलाई सुरज दाहालले निर्देशन गरेका छन्, । उक्त भिडियोलाई अनिल कटुवालले सम्पादन गरेका छन्, ।

र्‍यापर मिस्टर डिको जन्मदिनको अवसर पारेर विहीबार गायक डिको अफिसियल युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको हो । गीत काठमाडौं, हेटौंडा र पोखरामा छायाँकन गरिएको छ ।

देशमा भएका विभिन्न घटनाहरु माथि भएका राजनितिक आरोह अवरोहहरुलाई समेटि तयार पारिएको गीतमा निर्मला हत्या काण्ड देखि ७० करोड भ्रष्टचारलाई समेतका कुरालाई उठाइएको छ । र्‍यापर डिले आफ्नो गीतमार्फत देशका कलाकारमाथि भएका प्रहरी हस्तक्षेप र मानव अधिकारको विषयलाई पनि उठान गरेका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*