सुनको मूल्य प्रतितोला ९९ हजार पुग्यो

नवयुग संवाददाता
१५ श्रावण २०७७, बिहीबार ११:५२


काठमाडौं । सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार ५ सय रुपैयाँ बढेको हो।

बुधबार ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ९९ हजार रुपैयाँ पुगेको हो।

चाँदीको मूल्य भने आज घटबढ भएको छैन। बुधबार प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोही दरमा बिहीबार पनि कारोबार सुरु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*