वीरगन्जका मेयर सरावगीलाई कोरोनाभाइरस संक्रमण

नवयुग संवाददाता
१६ श्रावण २०७७, शुक्रबार ०७:४२

काठमाडौँ । वीरगन्जका मेयर विजयकुमार सरावगी कोरोनाभाइरस (कोभिड १९) संक्रमित पाइएका छन् । उनलाई काठमाडौंमा बिहीबार कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको काठमाडौंमा नै कोरोनाभाइरस परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वयं सरावगीले फेसबुक स्टाटसमा लेखेका छन् ।

‘वीरगन्जमा कोरोनाभाइरस संक्रमण अब समुदाय स्तरमा फैलिइसकेको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘तपाईंहरुको सेवामा लाग्दालाग्दै म स्वयं कोरोनाभाइरस संक्रमणको चपेटामा परेको छु ।’

उनले अहिले आफ्नो काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*