मोरङमा बस दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

नवयुग संवाददाता
१६ श्रावण २०७७, शुक्रबार १०:०५

मोरङ । कोशी राजमार्गको विराटनगर(इटहरी सडक खण्डमा पर्ने मोरङको बुढीगंगा गाउँपालिका(१ टंकिसिनवारीमा यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना यात्रु घाइते भएका छन् ।

विराटनगरबाट धरानतर्फ गइरहेको को १ ख ६९५२ नम्बरको सिमोन यातायतको बस बिहीबार साँझ ८ स् ३० बजेतिर सडकको विचमा राखेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका यात्रु अन्दाजी ३० वर्षका युवा रहेको तर उनको खनाखत हुन नसकेको मोरङ प्रहरीले जनाएको छ।

घाइते यात्रुहरु भोजपुर रामप्रसाद राई गाउँपालिकाका २५ वर्षीय रामकुमार राई, २८ वर्षीया कल्पना राई, ३५ वर्षीया मुना राई छन् । एकजना घाइते महिलाको अझै परिचय खुल्न सकेको छैन । घाइतेहरुको विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*