जगदम्बा इन्टरप्राईजेजका सीईओको कोरोना संक्रमणका कारण मृत्यु

नवयुग संवाददाता
१६ श्रावण २०७७, शुक्रबार १०:२४

Advertisement

पर्सा । वीरगञ्जमा रहेको जगदम्बा इन्टरप्राईजेजका सीईओको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। ५६ वर्षीय सीईओको कोरोना संक्रमणका कारण बिहीबार राति अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा मृत्यु भएको हो।

Advertisement

अस्पतालका डाक्टर निरज सिंहका अनुसार उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नेक्रममा मृत्यु भएको हो। भारतीय नागरिक रहेका उनी मुटु सम्बन्धी रोगले समेत ग्रसित थिए।

Advertisement

गत साउन १२ गते मात्रै उनीसहित जगदम्बा इन्टरप्राईजेजमा कार्यरत तीन जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो।

Advertisement

यो सँगै बिहीबार मात्र बीरगञ्जमा कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ।

यस्तै कारोना संक्रमणका कारण बिहीबार राति नै एक युवक र एक वृद्धको मृत्यु भएको थियो । वीरगञ्ज महानगरपालिका १६ नगवा बस्ने ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैया बस्ने ७० वर्षका वृद्धको पनि मृत्यु भएको हो ।

दुवैजनामा बिहीबार राति नै कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए।

नगवाका युवकको उपचारको क्रममा अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा बिहीबार राति ८ बजे मृत्यु भएको हो। गत साउन ५ गते ज्वरो आएपछि वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका ती युवकमा कोरोना संक्रमण भएको आशंका भएपछि उपचारको लागि गण्डक अस्पतालमा भर्ना गरिएको थियो।

उनको स्वाब संकलन गरि पीसीआर परीक्षणको लागि नारायणी अस्पतालमा पठाइएकोमा रिपोर्ट आउनु अघि नै बिहीबार राति मृत्यु भएको थियो।

यस्तै छपकैयाका ७० वर्षका वृद्ध आफनै घरमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका थिए। बुधबार राति सुतेका ती वृद्ध बिहीबार बिहान नउठेपछि छिमेकीले प्रहरीलाइ खबर गरेका थिए।

प्रहरीले ढोका तोडेर कोठामा पस्दा ती वृद्ध मृत अवस्थामा भेटिएका थिए। मृतक वृद्धको पनि स्वाब संकलन गरेर नारायणी अस्पतालमा परीक्षणको लागि पठाइएकोमा उनको रिपोेर्ट समेत पोजेटिभ आएको मेसु उपाध्यायले बताए।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ५५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*