उपकुलपति जोशीले लिए पद तथा गोपनीयताको सपथ

नवयुग संवाददाता
१६ श्रावण २०७७, शुक्रबार १८:४८

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीले पद तथा गोपनीयताको सपथ लिएका छन् । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उपकुलपतिमा नियुक्त गरेका जोशीलाई शुक्रबार (आज) मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन् ।

कार्यक्रममा उपकुलपति जोशीलाई सामाजिक विकास मन्त्री युवराज दुलाले नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । मन्त्री दुलालको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रियसभा सदस्य रामचन्द्र राई, बागमती प्रदेशका भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल, बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, काठमाडौं महानगरपालिकका मेयर विद्यासुन्दर शाक्य, प्रदेशसभा सदस्यद्वय कुमारी मोक्तान, जुनेली श्रेष्ठ, बागमती प्रदेशका प्रमुख सचिव डा. मानबहादुर विश्वकर्मा लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिष्ठानमा जोशीको कार्यकाल ४ वर्षको हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*