गण्डकी प्रदेशमा ८० प्रतिशतभन्दा बढी पुस्तक वितरण

नवयुग संवाददाता
१६ श्रावण २०७७, शुक्रबार २१:४४

गण्डकी । जनक शिक्षा सामग्री केन्द्र गण्डकी प्रदेश कार्यालयले प्रदेश भित्रका जिल्लामा आवश्यकताको ८० प्रतिशतभन्दा बढी परिमाणमा पुस्तक बिक्री गरेको छ ।

सामुदायिक विद्यालयमा पठनपाठन गरिने पाठ्यपुस्तकको वितरण गर्दै आएको कार्यालयले वार्षिक रुपमा प्रदेशको नवलपुर जिल्ला बाहेकका १० जिल्लामा रु १० करोड बराबरका पुस्तक बिक्री गर्ने भण्डार प्रमुख शिवविलास पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले पुस्तक बिक्रीका लागि सूचीकृत भएका १८२ बिक्रेतामार्फत सामाजिक दूरी एवम् सुरक्षा मापदण्ड कायम गर्दै जेठ ५ गतेदेखि यस शैक्षिक वर्षका लागि पुस्तक वितरण गर्न थालेको हो ।

प्रदेशअन्तर्गत हिमाल पारिका जिल्ला मनाङ र मुस्ताङमा भने फागुन १ गतेदेखि नयाँ शैक्षिक वर्ष शुरु हुने भएका कारण त्यसअघि नै पुस्तक पु¥याइएको उहाँले बताउनुभयो ।

पोखरा चौतारीको २३ वर्षका अवसरमा वृक्षरोपण

लायन्स क्लब अफ पोखरा चौतारीले आफ्नो स्थापनाको २३औँ वर्ष पुगेको अवसरमा आज वृक्षरोपण गरेको छ । क्लबले पोखरा महानगरपालिका–१० रामघाटस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा अमला, वर, पीपल, राजवृक्ष, अशोक, गुलमोहर, नीम, कल्की फूललगायत एक सय बिरुवा रोपेको हो । क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै वातावरण संरक्षणमा योगदान पु¥याउने लक्ष्यका साथ वृक्षरोपण गरेको अध्यक्ष गुरुप्रसाद पौडेलले बताउनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*