पर्साका सांसद प्रदिप यादवसहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

नवयुग संवाददाता
२०७७, १७ श्रावण शनिबार ०७:५३

Advertisement

पर्सा । पर्सा जिल्ला क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गए राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

यादवले शुक्रबार बिहान परीक्षणका लागि स्वाब दिएका थिए । उनका अंगरक्षक र चालकमा पनि कोरोना देखिएको बताइएको छ । नयाँ थपिएका मध्ये ३ महिलासहित १५ वर्षदेखि ६८ वर्ष उमेर समूहका ६४ जना रहेका छन् ।

Advertisement

सांसद यादवले आफूलाई कोरोना संक्रमण भएको आफ्नो फेसबुकमार्फत जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । आफूलाई आइसोलेट गरेर आराममा छु ।’

Advertisement

यसअघि बिहीबार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनले पनि सामाजिक संजालबाटै यसको जानकारी दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*