नदीजन्य पदार्थको चोरी निकासी रोक्न आग्रह

नवयुग संवाददाता
१७ श्रावण २०७७, शनिबार १८:४८

खस्यौली । प्रदेश नं ५ को अर्थ, उद्योग तथा पर्यटन समितिले खानी उत्खनन र नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रदेश सरकारलाई आग्रह गरेको छ । समितिका सभापति दधिराम न्यौपानेको अध्यक्षतामा आज बुटवलमा बसेको बैठकले खानी तथा नदीजन्य पदार्थको व्यवस्थापन र सदुपयोग भए त्यसबाट समृद्धि हासिल गर्न सकिने जनाएको छ ।

बैठकले खानी उद्योगको पहुँचमार्ग वैकल्पिक हुनुपर्नेमा जोड दिएको समितिका सभापति न्यौपानेले जानकारी दिनुभयो । उहाँले प्राकृतिक स्रोत र साधनको जथाभावी दोहन रोक्न आग्रह गर्दै नदीजन्य पदार्थको चोरी निकासी रोक्न सके त्यसबाट राजश्वसमेत वृद्धि हुने बताउनुभयो । नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्रीले पर्यटनसम्बन्धी विषय कार्यान्वयन भएको वा नभएको विषयमा अनुगमन आवश्यक भएको बताउनुभयो ।

समितिका सदस्य तुलसी चौधरीले प्रहरी भएकै अवस्थामा शुद्धोधन गाउँपालिकाको दर्वाह उद्यानमा भएको तोडफोडको जानकारी दिँदै पर्यटन प्रवद्र्धनलाई प्रभावकारी बनाउन आवश्यक भएको बताउनुभयो । सदस्य तुलाराम घर्तीमगरले खानी उत्खनन गर्दा पहुँचमार्ग निर्माण भए पहिरो जाने समस्या नहुने उल्लेख गर्दै उद्योगका लागि पहुँचमार्ग अनिवार्य छ भन्नुभयो । बैठकमा प्रदेशसभाका सदस्य कृष्ण न्यौपाने, कृष्णा केसी, सुनिता ठठेर, थामकुमारी थापालगायतले विभिन्न विषयमा सुझाव दिनुभएको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*