पश्चिम क्षेत्र समितिलाई महेन्द्र राउतले गरे कम्प्युटर सहयोग

नवयुग संवाददाता
१७ श्रावण २०७७, शनिबार १९:१३

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीलाई एक थान कम्प्युटर सहयोग गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान महासचिव महेन्द्र राउतले पश्चिम क्षेत्र समितिलाई एक थान कम्युटर सेट सहयोग गरेका हुन् ।

शनिबार (आज) एक कार्यक्रममा बीच पश्चिम क्षेत्र समितिलाई राउतले २५ हजार रुपैयाँ बराबरको एक थान कम्प्युटर सेट हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै राउतले पश्चिम क्षेत्र समितिलाई कम्प्युटर सहयोग गर्न पाउँदा खुशी लागेको बताए । पश्चिम क्षेत्र समितिले विगतदेखि नै राम्रो काम गरेको भन्दै उनले आगामी दिनमा समेत सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पश्चिम क्षेत्र समितिका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । राउतले आगामी दिनमा ‘जम्बो राउत महेन्द्र फाउण्डेसन नेपाल’ नामक संस्था मार्फत् सहयोग कार्यलाई निरन्तरता दिइने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*