एकालालले वृद्धाश्रममा मनाए जन्मदिन

नवयुग संवाददाता
२०७७, १७ श्रावण शनिबार १९:५२

Advertisement

मकवानपुर । नेकपा मकवानपुरका नेता एवम् नेपाल बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष एकालाल श्रेष्ठले आफ्नो जन्मदिन वृद्धाश्रममा मनाएका छन् । श्रेष्ठले जन्मदिनको अवसरमा हेटौंडा–१ स्थित ओम् वृद्धाश्रमलाई नगद १५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

Advertisement

श्रेष्ठले विगत ५ वर्षदेखि वृद्धाश्रमलाई सहयोग गरेर जन्मदिन मनाइरहेका छन् । वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुलाई सहयोग पुग्ने उद्देश्यले नगद हस्तान्तरण गरेको उनले बताए । कार्यक्रममा भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, हेटौंडा उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष नवीन सिग्देल, हेटौंडा १ का सदस्य बेगम बराल, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईँ, नेकपा मकवानपुरका नेता धरम् लामा लगायतको आतिथ्यता रहेको थियो । वृद्धाश्रम्का अध्यक्ष बुद्धिप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*