मेयर महतद्वारा बालबोध माविमा आइसिटि ल्याब उद्घाटन

नवयुग संवाददाता
१७ श्रावण २०७७, शनिबार २०:०५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं १७ हटीयास्थित बालबोध माध्यामिक विद्यालयमा आइसिटि (सूचना–सञ्चार टेक्नोलोजी) ल्याबको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले ल्याबको उद्घाटन गरेका हुन् ।

उद्घाटनसँगै मेयर महतले विद्यालयका २० जना शिक्षकलाई ल्याप्टप हस्तान्तरण गरेका छन् । विश्व प्रविधिको युगमा प्रवेश गरेको बताउँदै महतले सबै क्षेत्रले प्रविधिलाई पछ्याउनुपर्ने बताए । प्रविधिको प्रयोग गर्दै अध्यापन गराउँदा शिक्षक एवम् विद्यार्थीको क्षमता समेत अभिवृद्धि हुने उनको भनाइ थियो । प्रविधिसहितको शिक्षाले शैक्षिक गुणस्तर सुधार्नेमा उनले जोड दिए ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा २० जना शिक्षकलाई ल्यापटप वितरण गरिएको हो । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष कमलबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १७ का वडाअध्यक्ष भैरवबहादुर राई, उपमहानगरपालिका कार्यपालिकाका सदस्य शंकर बहादुर राई, मेयर महतका राजनीतिक सल्लाहकार नरहरि महत, बकैया गाउँपालिकाका विद्यालय निरीक्षक आइतराम तामाङ लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*