रोहन बचाऔं अभियानमा डेढ लाख संकलन, थप सहयोगको याचना

नवयुग संवाददाता
२०७७, २३ श्रावण शुक्रबार १८:४८

Advertisement

मकवानपुर । विगत केही समयदेखि गुइलेन–ब्यारी सिन्ड्रोम (मांसपेशी कमजोर हुँदै जाने गम्भीर प्रकृतिको रोग ) बाट पीडित बनेका हेटौंडा उपमहानगरपालिका वडा नं ४ बस्ने कुल बहादुर मगर (रोहन) को उपचारका लागि एक लाख पचास हजार भन्दा बढी रकम संकलन भएको छ । ३४ वर्षीय मगरको उपचारको लागि चलाइएको ‘कुल बहादुर मगर (रोहन) बचाऔं अभियान’मा हालसम्म डेढ लाखभन्दा बढी रकम संकलन भैसकेको संयोजक प्रकाश सुवेदीले जानकारी दिए ।

Advertisement

गत सोमबारदेखि चलाइएको अभियानमा संकलित रकम अपुग भएकोले संयोजक सुवेदीले थप सहयोगको याचना गरेका छन् । भरतपुर अस्पताल चितवनमा उपचार गराइरहेका ३४ वर्षीय मगरलाई उपचारको लागि करिब ८ लाख रुपैयाँ लाग्ने उनले जानकारी दिए ।

Advertisement

मगरको उपचारको लागि आर्थिक समस्या भएपछि अभियान संचालन गरिएको हो । सामान्य काम गरेर दैनिकी चलाइरहेका मगरलाई रोगले ग्रसित बनाएपछि उनको उपचारको लागि अभियान संचालन गर्नुपरेको सुवेदीले बताए । ‘ रोहनले सामान्य काम गरेर जेनतेन गुजारा चलाइरहेका थिए । यस्तो असहज परिस्थितिमा ठूलो रोगले आक्रमण गरेपछि उनको उपचारको लागि हामीले अभियान चलाएका हौं । ’ उनले भने, ‘ केही सहयोगी मनहरुबाट रकम प्राप्त भए रोहनले बाँच्न पाउँथे । ’

Advertisement

सुवेदीले मगरको जीवन रक्षाका लागि पहल गरिरहेका सबैलाई धन्यवाद दिँदै थप सहयोगको लागि आग्रह गरेका छन् । सहयोग गर्न चाहनेले हेटौंडास्थित सेन्चुरी विकास बैँकको खाता नंबर ०२६०००४५३२C५ मा रकम जम्मा गर्न सकिने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*