हेटौंडाको चौकीटोलमा झडप, ६ जना पक्राउ

नवयुग संवाददाता
२६ श्रावण २०७७, सोमबार ११:४३

मकवानपुर । हेटौंडामा झडप भएको छ । युवा समूहबीच भएको झडपमा संलग्न ६ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं १ स्थित चौकीटोलबाट झडपमा संलग्न ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*