हेटौंडामा पेट्रोल हालेर स्टार्ट गर्ने बित्तिकै मोटरसाइकलमा आगलागी

नवयुग संवाददाता
२६ श्रावण २०७७, सोमबार १२:०२

मकवानपुर । हेटौंडामा सोमबार (आज) एक मोटरसाइकलमा आगलागी भएको छ । हेटौंडाको एक पेट्रोलपम्पमा पेट्रोल हालेर स्टार्ट गर्ने बित्तिकै मोटरसाइकलमा आगलागी भएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नं ४ स्थित शिवबुवा पेट्रोल पम्पमा पेट्रोल हालेपछि स्टार्ट गर्दा बा ९२ प २४६३ नंबरको माटरसाइकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागी हुँदा मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार मोटरसाइकल स्टार्ट गर्दा एक्कासी आगलागी भएको हो । प्रारभ्मिक अनुसन्धान अनुसार मोटरसाइकलको इन्जिन सट भएर आगलागी भएको अनुमान गरिएको उनले बताए ।

मोटरसाइकलका चालक भने सामान्य घाइते भएका छन् । आगालाई स्थानीयको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*