पोखरीमा डुबेर हेटौंडामा १८ महिने शिशुको मृत्यु

नवयुग संवाददाता
२६ श्रावण २०७७, सोमबार १९:०९

सांकेतिक तस्वीर

मकवानपुर । पोखरीमा डुबेर हेटौंडाका एक शिशुको ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं १४ नयाँवस्तीमा पोखरीमा डुबेर १८ महिने शिशुको ज्यान गएको हो । नयाँवस्तीका अजय थिङका १८ महिने छोरा अस्मिन थिङको पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पोखरीमा डुबेका थिङलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल पठाएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*