हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा १८ वर्षीय विश्वकर्माको मृत्यु

नवयुग संवाददाता
२७ श्रावण २०७७, मंगलवार १०:१८

सांकेतिक तस्वीर

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराति हेटौंडा उपमहानगरपालिका वडा नं ११ स्थित थानाभर्‍याङ्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

हिजो राति १० बजेर ४० मिनेट जाँदा चितवन तर्फ जाँदै गरेको बा ९७ प ५४१३ नंबरको मोटरसाइकल ना ५ ख ५६७९ नंबरको रोकिराखेको ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा घाइते बनेका हेटौंडा ११ नवलपुर बस्ने १८ वर्षीय मोटरसाइकल चालक अजय विश्वकर्माको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमै सवार सुनिल सुनार भने सामान्य घाइते भएका थिए । उनी उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तीब्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*