गायक निशान भट्टराईले प्रेमिका ऋचासंग गरे कानूनी विवाह

नवयुग संवाददाता
२७ श्रावण २०७७, मंगलवार १७:३८

काठमाडौं । गायक निशान भट्टराईले विवाह गरेका छन्। श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलवार निशानले प्रेमिका ऋचा न्यौपानेसँग जिल्ला अदालत काभ्रेमा कानूनी विवाह गरेका हुन्।

दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका निशान र ऋचाको नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष एवं सर्वौच्च अदालतका अधिवक्ता रमेश हुमागाईंको रहोवरमा दर्ता विवाह भएको हो।

ऋचा मोडल हुन्। पछिल्लो समय के माया लाग्छ र गीतको टिकटिक भिडियोमा निशान र ऋचा सँगै देखिएका थिए। ऋचाले ‘लाहुर जाने रेल’ बोलको गीतमा निशानसँग अभिनय गरेकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*