राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

नवयुग संवाददाता
२ भाद्र २०७७, मंगलवार १८:४१

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५:५५ बजे निधन भएको हो।

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।

उनका कथा, कविता, खण्डकाव्य, गीतिनाटक र अनुवाद लेखहरु प्रकाशित छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*