जुम्लाका प्रमुख जिल्ला अधिकारी थापा कोरोना सङ्क्रमित

नवयुग संवाददाता
१९ भाद्र २०७७, शुक्रबार ०९:२८

जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू कोरोना सङ्क्रमित भएको बताएका छन् ।

उनले आफूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि हाल होम आईसोलेशन बसिरहेको पनि जानकारी दिएका छन् । कार्यालयसँग सम्बन्धीत काममा सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न पनि आग्रह गर्दै उनले आफू चाँडै निको भएर नियमित काममा फर्किने पनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*