खेल्न भनी घरबाट निस्केका एकै गाउँका चार बालबालिका हराए

नवयुग संवाददाता
२१ भाद्र २०७७, आईतवार २१:०७

सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिका वडा नम्बर २ बासाका चार बालबालिका सम्पर्कविहीन भएका छन् । परिवारका अनुसार शनिबार साँझ ५बजेदेखि उनीहरु सम्पर्कविहीन छन् ।

स्थानीयवासी कृष्णबहादुर राईका छोरा १२ वर्षीय तुषण र आठ वर्षीय सुदीप, सोही गाउँका आङछिरी राईका सात वर्षीय छोरा फ्रान्सीस र साढे दुई वर्षीया छोरी सिजल बेपत्ता छन् ।

साँझपख खेल्न भनी घरबाट निस्केका उनीहरु नफर्किएको बासाखाली माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमारराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार शनिबार साँझदेखि गाउँलेले खोजी जारी राखे पनि हालसम्म अवस्था पत्ता लागेको छैन ।

उनीहरुलाई देख्ने जो कोहीले ९८४४६६०५०८ मा सम्पर्क गरी खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*