अनौठा ठाउँ, जहाँ जुत्ता चप्पल लगाएमा कठोर सजाय भोग्नुपर्छ

नवयुग संवाददाता
२१ भाद्र २०७७, आईतवार २१:५५

हामी घरबाट बाहिर निस्किदा अनिवार्य जुत्ता चप्पल लगाउने गर्छौ । हाम्रो समाजमा पनि जुत्ता चप्पल नलगाई हिड्नु राम्रो हुँदैन ।

कुनै धार्मीक कार्य गर्दा मात्र जुत्ता चप्पल खोल्ने गरिन्छ । तर तपाईलाई पत्यार नलाग्ला, यस्तो गाउँ पनि छ, जहाँ जुत्ता चप्पल लगाएमा कठोर सजाय भोग्नुपर्छ । उक्त अनौठो गाउँ भारतमा रहेको छ ।

कलिमायन नामको गाउँका मानिसहरु जुत्ता चप्पल लगाउनु राम्रो मान्दैनन् । जुत्ता चप्पल लगाएमा पाप लाग्ने बताउछन् । यस गाउँका मानिसहरुले बषौंदेखी जुत्ता चप्पल लगाएका छैनन् ।

यस गाउँमा कसैले जुत्ता चप्पल लगाएमा कठोर सजाय दिइने गरिन्छ । यहाँका मानिसहरुले अपाच्छी नामको देवतालाई मान्दै र पुजा गर्दै आइरहेका छन् ।

अपाच्छी देवताले उनीहरुको सर्यौ वर्षदेखि रक्षा गर्दै आएकोले गाउँमा राम्रो भएको विश्वास मान्ने गर्छन् । उक्त देउताको आस्था देखाउन गाउँका कुनै पनि मानिसले जुत्ता चप्पल लगाउने गर्दैनन् । यो नियम यस गाउँभित्र मात्र लागु हुने गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*