डोल्पामा जंगली साग खाँदा बिरामी परेकालाई हेलिकप्टरमार्फत सुर्खेत ल्याइयो

नवयुग संवाददाता
२३ भाद्र २०७७, मंगलवार २०:३७

डोल्पा । डोल्पामा जंगली साग खाँदा बेहोस भएकाहरुलाई उपचारका लागि सुर्खेत ल्याइएको छ। मंगलबार बेलुका नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि उनीहरुलाई सुर्खेत ल्याइएको हो।

जंगली साग खाएर डोल्पामा बिरामी भएकामध्ये ४ जनाको उद्धार गरिएको हो। कामका लागि डोल्पा पुगेका जाजरकोटको नलगाड नगरपालिकाका ५ जना पुरुषले स्थानीय ‘जोक’ नाम गरेको साग खाएपछि बिरामी परेका थिए।

नलगाड नगरपालिकाका ३६ वर्षीय गोपाल ओली, १९ वर्षीय नरेन्द्र ओली, १८ वर्षीय अजय ओली, ३३ वर्षीय शिवराज केसी र ३८ वर्षीय टेकबहादुर ओली जंगली साग खाँदा बिरामी परेका थिए। नरेन्द्रबाहेक अरु तीन जनालाई उपचारका लागि सुर्खेत ल्याइएको हो।

नरेन्द्रको भने जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार उनीहरु माथिल्लो डोल्पाको सेफोक्सुण्डो गाउँपालिका–१, निजालगुम्बामा काम गर्न गएका थिए।

सुर्खेतबाट गएको हेलिकप्टरले २ पटकमा ५ जनालाई निजालगुम्बाबाट जिल्ला सदरमुकाम दुनैसम्म ल्याएको थियो। हाई अल्टिच्युड भएकाले दुई पटकमा उनीहरुलाई सदरमुकाम ल्याईएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*