बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?

नवयुग संवाददाता
२४ भाद्र २०७७, बुधबार १२:२०

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय कायम भइ कारोबार भइरहेको छ । मंगलवारको तुलनामा सुनको मूल्य तोलामा ६ सयले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै मंगलवार प्रतितोला सुनको मूल्य ९५ हजार ८ सयमा कारोबार भएको थियो ।

आज प्रतितोला तेजावी सुनको मूल्य ९५ हजार ९ सय रहेको छ । मंगलवारको तुलनामा आज पनि चाँदीको मूल्यमा ५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १३१० मा कारोबार भएको थियो । भने आज मूल्य वृद्धि भइ प्रतितोला चाँदी १ हजार ३ सय १५ कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*