सुर्खेतमा यात्रु ठग्ने दुईजना सवारी चालक पक्राउ

नवयुग संवाददाता
२४ भाद्र २०७७, बुधबार १३:३८

सुर्खेत । सुर्खेत प्रहरीले यात्रुलाई ठग्ने दुईजना चालकलाई नियन्त्रणमा लिएको छ । यात्रु ठगेको पाइएकाले दुईवटा गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

सुर्खेतबाट दैलेख जाने यात्रुबाट एक हजारसम्म भाडा असुलेको पाइएपछि भे१झ ८६८ नम्बरको फोर्स र भे१च २१३८ नम्बरको स्कार्पियो नियन्त्रणमा लिइएको डीएसपी घर्तीले भनाइ छ ।

डीएसपी घर्तीका अनुसार जिल्ला प्रशासन कार्यालयबाट पास लिने र अरु यात्रुहरूसँग महङ्गो भाडा लिएर बोक्ने गरेको पाइएको छ । ‘पहिलो पटक भएकाले दुवैजना सवारी चालकलाई सम्झाइ(बुझाइ आइन्दा यसो नगर्ने सर्तमा छोडेका छौं,’ डीएसपी घर्तीले भने । यात्रुलाई ठग्ने र सवारी पासको दुरूपयोग गर्ने सवारी र चालकलाई नियन्त्रणमा लिएर कडा कारबाही गरिने प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*