बागलुङमा पहिरोमा पुरिएर एकको मृत्यु

नवयुग संवाददाता
२६ भाद्र २०७७, शुक्रबार १६:५८

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा पहिरोले पुरिएका एक पुरुषको मृत्यु भएको छ । बारीमा जाँदै गर्दा बाटोमाथिबाट आएको पहिरोमा परी निगालापानी बस्ने ३६ बर्षीय दानबहादुर घर्तीको मृत्यु भएको हो ।

शुक्रबार बिहान बारीमा जाने क्रममा उनलाई पहिरोले पुरेको थियो । स्थानीयवासी र प्रहरीको सक्रियतामा पहिरो पन्छाउँदा घर्ती मृत अवस्थामा फेला परेको प्रहरी नायव निरीक्षक सानुकाजी विष्टले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*