मकवानपुरमा १५ कोरोना संक्रमित थपिए

नवयुग संवाददाता
२७ भाद्र २०७७, शनिबार १३:४०

मकवानपुर । मकवानपुरमा १५ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । शनिबार (आज) मकवानपुरमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा १५ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईँले बताए ।

हेटौंडा उपमहानगरका ६ जना, मनहरी गाउँपालिकाका ७ जना, हेटौंडामा बस्दै आएका पर्सा र बारा जिल्लाका एकएक जनामा कोरोना पुष्टि भएको चौलागाईँले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*