खाना राम्रो नभएको भन्दै आइसोलेसन सेन्टरमा तोडफोड

नवयुग संवाददाता
२७ भाद्र २०७७, शनिबार १९:०२

सप्तरी । राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसन सेन्टरका कोरोना संक्रमितहरुले तोडफोड गरेका छन् ।साइकृणा मेडिकल कलेजको भवनमा बनाइएको आइसोलेसन सेन्टरमा शनिबार बिहान संक्रमित र खाना खुवाउने व्यक्तिहरूबीच विवाद भएको हो ।

चिया र खाना समयमा नदिने गरिएको र दिएपनि गुणस्तरही भएको भन्दै संक्रमितहरुले विरोध गरेका थिए । त्यसक्रममा संक्रमित र खाना खुवाउनेहरुबीच विवाद भयो र, संक्रमितहरुले खाना राख्ने टेबुल समेत तोडफोड गरेका छन् ।

संक्रमितहरुका अनुसार दालमा धेरै पानी हाल्नुका साथै एकै किसिमको तरकारी दिने गरिएको छ । व्यवस्थापन पक्षलाई भन्दा एकदुई दिन सुधार आउने तर फेरि पुरानै समस्उना दोहोरिन गरेका कारण विरोध गर्नु परेको संक्रमितहरु बताउँछन् ।

शनिबारको विवादपछि खाना पकाउने जिम्मा लिएका व्यक्तिले अब कुनै लापर्वाही नगर्ने प्रतिबद्धता जनाएको आइसोलेशनमा बसेका एक संक्रमितले जानकारी दिए । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*