नेपाल लाइफद्वारा हाम्रो मामाघरलाई सहयोग

बिपीन अधिकारी
२८ भाद्र २०७७, आईतवार १३:११

बारा । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २० औ बार्षिकोसत्व तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्वतन्त्र कर्मचारी युनियनको १० औँ स्थापना दिवसको अवसरमा निजगढ उप शाखाले निजगढ नगरपालिका वडा नं १० लाल स्थित हाम्रो मामाघर संस्थालाई सहयोग प्रदान गरेको छ ।

कम्पनीको बार्षिकोत्सवको अवसरमा टिसर्ट कट्टु (जर्सी) १८ सेट, ट्रयाक ५ थान र बिस्कुट १ कार्टुन सहयोग प्रदान गरेको हो । सहयोग वितरण कार्यक्रममा उप शाखा कमल कटुवाल, सबिता घिमिरे, समिना पौडेल, सरस्वती चौलागाई, राजेश अधिकारी, राजकुमार कुशवाहा, राजन अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

यसरी आफ्नो कम्पनीको बार्षिकोत्सबको अवसरमा सामाजिक कार्य गर्ने उद्देश्यले यस संस्थालाई सहयोग गर्नुभएकोमा कम्पनी र सम्पूर्ण कर्मचारी टिमलाई हाम्रो मामाघर परिवारले धन्यवाद प्रकट गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*