सिन्धुपाल्चोक पहिरोः मुख्यमन्त्री पौडेलद्वारा दुःख व्यक्त

नवयुग संवाददाता
२०७७, २८ भाद्र आईतवार १३:३४

Advertisement

सिन्धुपाल्चोक । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो पटक सिन्धुपाल्चोकमा गएको पहिराको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै उहाँले प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई फेरि पीडा दिएको जनाउँदै उद्धार र राहतमा जुट्न सम्पूर्णलाई अनुरोध गर्नुभएको छ ।

Advertisement

उहाँले सन्देशमा बाह्रबिसे–७, घुम्थाङ नागपुजेमा गए राति गएको पहिरामा परी तीन जनाको मृत्यु र २० जनाभन्दा बढी बेपत्ता भएकोे दुःखद खबरले स्तब्ध र दुःखित बनाएको उल्लेख गर्नुभएको छ । “पहिरामा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

Advertisement

विपत्को क्षणमा उद्धार र राहतमा खटिएका सम्पूर्णप्रति आभार व्यक्त गर्दै आफन्तसहित बाससमेत गुमाएका व्यक्तिहरुको पुनस्र्थापनामा प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु”, मुख्यमन्त्री पौडेलले सन्देशमा भन्नुभएको छ । रासस

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*