श्रीमती लिन ससुराली गएका ज्वाइँको कुटेर हत्या, ससुरासहित पाँच जना पक्राउ

नवयुग संवाददाता
२८ भाद्र २०७७, आईतवार १४:२६

बाँके । नेपालगञ्जमा माइतीमा रहेकी श्रीमती लिन गएका ज्वाईको ससुरालीको कुटपिटबाट ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुरका २३ वर्षीय शत्रुहन रैदासको ससुरालीमै कुटपिटबाट ज्यान गएको प्रहरीले जानकारी दिएको छ । श्रीमती लिन ससुराली गएका रैदास ससुराको कुटपिटबाट गम्भीर घाइते भएका थिए ।

उनको उपचारमा क्रममा ज्यान गएको बाँके प्रहरीले जानकारी दिएको छ । ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते उनको नर्सिंङ होम नेपालगञ्जमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।

ज्वाइको हत्या अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका–२० नटनपुरुवाका नरेश चमारलगायत पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*