बञ्चरो हानेर छोराले गरे आमाको हत्या

नवयुग संवाददाता
२९ भाद्र २०७७, सोमबार ०९:०९

झापा । झापाका एक युवकले बञ्चरो प्रहार गरेर आमाको हत्या गरेका छन् । आइतबार राति ८ बजेतिर कमल गाउँपालिका ८ ठूलो बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेवले आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रक्सी खाएर घर पुगेका उनले आमा ५० वर्षीया मीरा ऋषिदेवलाई बन्चरो र ढुङ्गाले टाउको र खुट्टामा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।

घटना थाहा पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले हत्या अभियोगमा दिनेशलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*