बुटबलको कोरोना अस्पतालमा कपिलवस्तुकी महिलाको मृत्यु

नवयुग संवाददाता
२९ भाद्र २०७७, सोमबार ०९:१२

रुपन्देही । रुपन्देहीको बुटबलस्थित कोरोना अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु शिवराज नगरपालिका-५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको हो लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

उनले जानकारी अनुसार ती महिला बुटवलस्थित धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएकी थिइन् । उनमा भदौ २१ मा कोरोना पुष्टि भएको थियो । उनको आइसीयुमा उपचार भइरहेको थियो । उनी मिर्गौला रोगबाट पीडित रहेको र डायलासिस भइरहेको डा. गौतमले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*