हेटौंडा उपमहानगरपालिकाद्वारा ११ कृषक समूहलाई बोयर जातका बोका वितरण

नवयुग संवाददाता
२९ भाद्र २०७७, सोमबार ११:३४

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले एघार कृषक समूहलाई उन्नत जातका बोका वितरण गरेको छ । उपमहानगरपालिका क्षेत्रका ५ वटा वडामा रहेका ११ कृषक समूहलाई बोयर जातका बोका वितरण गरिएको हो ।

बाख्रापालनलाई व्यवसायिक बनाउन हे.उ.म.न.पा वडा नं ३, १२, १३, १४ र १९ मा रहेका ११ वटा कृषक समूहलाई ११ वटा बोका वितरण गरिएको मेयर हरिबहादुर महतले जानकारी दिए ।

समूहगत रुपमा वितरण गर्दा गाउँ, टोल छिमेक सबैतिरका बाख्रा पालक किसानलाई सहज हुने भएको र किसानको जिवनस्तर उकास्न पनि सहज हुने महतको भनाइ छ । कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, उपमहानगरपालिकाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*