सुनको मूल्य बढ्यो, तोलाको कति ?

नवयुग संवाददाता
२९ भाद्र २०७७, सोमबार १२:२७

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उतार चढाव आइरहेको छ । शुक्रबार ९६ हजार ५ सय रुपैयाँ कायम भएको सुन आइतबार पनि सोही मूल्यमा रह्यो भने सोमबार ४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य तोलाको ९६ हजार ९ सय कायम गरिएको छ । छापावालसँगै तेजाबी सुन पनि तोलाको ४ सयले नै बढेर ९६ हजार ४ सय कायम गरिएको छ ।

महासंघले आजका लागि चाँदीको मूल्य तोलाको १ हजार ३२० रुपैयाँ कायम गरेको छ । हिजोको तुलनामा चाँदी पनि १० रुपैयाँले महँगिएको हो । अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*