वीरगन्जमा एक कोरोना संक्रमितको मृत्यु

नवयुग संवाददाता
३० भाद्र २०७७, मंगलवार ०९:५४

बारा । बाराका एक कोरोनाभाइरस संक्रमितको वीरगन्जमा मृत्यु भएको छ । बाराको जितपुरसिमारा उपमहानगरपालिका १४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा निधन भएको हो ।

सोमबार साँझ उनको निधन भएको अस्पतालले जनाएको छ । उनलाई सोमबार विहान अस्पताल भर्ना गरिएको थियो । मधुमेह र उच्च रक्तचापले ग्रसित उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो । योसँगै अब वीरगन्जमा मात्र कोरोनाका कारण ६२ जनाले ज्यान गुमाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*