हेटौंडामा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि

नवयुग संवाददाता
३० भाद्र २०७७, मंगलवार १२:३९

सांकेतिक तस्वीर

मकवानपुर । हेटौंडामा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको । हेटौडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाबाट मंगलबार बिहान प्राप्त पीसीआर नतिजा अनुसार हेटौंडा–४, का एक महिने शिशु (बालक)मा कोरोना पुष्टि भएको हो ।

हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार शिशुकी ३६ वर्षीय आमालाई कोरोना पोजिटिभ देखिएपछि परिवारकोसमेत स्वाब संकलन गरी पीसीआर गरिएको थियो । परिवारको अन्य सदस्यलाई भने कोरोना नदेखिएको चौलागाईंले बताए ।

सुत्केरीको समयमा अस्पतालमा बस्दा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरेको उनले बताए । उनी हेटौंडा अस्पतालमा सुत्केरी भएको र केही समय बिताएकी थिइन् ।

शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु घरमै आइसोलेटेड भएर बसेका छन् । स्वास्थ्यकर्मीको टोलीले उनीहरुको निगरानी गरिरहेको छ ।

मकवानपुरमा एक वर्षभन्दा मुनीको शिशुमा कोरोना पुष्टि भएको पहिलो पटक हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*