हेटौंडाका १५ र मनहरीका १ जनालाई कोरोना संक्रमण पुष्टि

नवयुग संवाददाता
३० भाद्र २०७७, मंगलवार १२:४०

मकवानपुर । मकवानपुरमा आज मंगलबार १६ जना संक्रमित थपिएका छन् । आयुर्वेद तथा जनसंख्या प्रर्वदन शाखा हेटौंडाले सार्वजनिक गरेको विवरण अनुसार हेटौँडा उपमहानगरपालिकाका १५ जना र मनहरीका १ जना गरी १६ जना कोरोना संक्रमित थपिएका हुन् ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईले दिएको विवरण अनुसार ९ महिला र एक बालकसहित ७ जना पुरुषमा संक्रमण पुष्टी भएको छ ।सबैभन्दा बढि वडा नम्बर ५ का ६ जना रहेका छन् । भदौ २९ गते स्वाब संकलन भएको ५७ जनाको रिपोर्ट मंगलबार सार्वजनिक गरेको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*