इरानलाई तहसनहस बनाइदिने ट्रम्पको धम्की

नवयुग संवाददाता
३० भाद्र २०७७, मंगलवार १३:२५

अमेरिका । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनामाथि इरानले आक्रमण गरेमा कठोर जवाफ फर्काउने बताएका छन् ।  पोलिटिको नामक समाचार वेबसाइटले अज्ञात स्रोतको हवाला दिँदै इरानले अमेरिकाद्वारा मारिएका जनरल कासेम सोलेमानीको हत्याको प्रतिशोधस्वरूप अमेरिकी राजदूतलाई मार्न खाजेको भनी समाचार छापेपछि त्यसैलाई उद्धृत गर्दै ट्रम्प गर्जेका हुन् ।

पत्रिकामा खबर आएअनुसार, इरानले आतंकवादी नेता सोलेमानी मारेको प्रतिशोधको योजना बनाइरहेको छ । अमेरिकाविरुद्ध भविष्यमा आक्रमण, अमेरिकी सैनिकहरूको हत्या र वर्षौंदेखि मृत्यु तथा पीडाका लागि जिम्मेवार थिए सोलेमानी,’ ट्रम्पले सोमवार राति अबेर ट्वीट लेखे ।

इरानले गर्ने कुनै पनि किसिमको आक्रमणको जवाफमा अमेरिकाले त्यसको एक हजार गुणा ठूलो आक्रमण गर्ने र तहसनहस बनाइदिने उनले बताए ।

पोलिटिकोको खबरलाई तेहरानले खण्डन गरेको छ । इरानको परराष्ट्र मनत्रालयका प्रवक्ता सईद खतिबजादेले वाशिङटनलाई अन्तर्राष्ट्रिय मञ्चमा इरानविरुद्धको गलत प्रचारबाजी त्याग्न आह्वान गरेका छन् ।

ट्रम्प प्रशासन दुष्ट सत्ता भएको र उसले दशौं व्यक्तिको हत्याका लागि षड्यन्त्र बुनेको भन्दै खतिबजादेले तेहरानले जहिले पनि जिम्मेवार सदस्यका रूपमा काम गरेको बताए । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*