पहिरोले थुनिएको नारायणगढ–मुग्लिन सडक खुल्यो

नवयुग संवाददाता
२०७७, ३० भाद्र मंगलवार १५:५०

Advertisement

चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोनजिक सोमबार राति पहिरो जाँदा अवरुद्ध भएको सडकको पहिरो पन्छाएर दुइतर्फी सवारी चल्न थालेका छन् ।

Advertisement

चार किलोको पहिरो सफा गरेर दिउँसो साढे २ बजेदेखि दुईतर्फी रुपमा यातायात सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

Advertisement

नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरुपको दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । पहाड काटिएको ठाउँमा बर्खा लाग्दा हरेक वर्ष पहिरोले दुःख दिने गर्छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*