देशभर ७ हजार ६४० कोरोना संक्रमित होम आइसोलेसनमा, सबै भन्दा धेरै बागमती प्रदेशमा

नवयुग संवाददाता
३० भाद्र २०७७, मंगलवार १६:५९

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। मंगलबार १५ हजार ७ सय ७९ जना संक्रिय संक्रमित मध्ये ७ हजार ६ सय ४० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा ३ हजार ९ सय जना होम आइसोलेसनमा छन्।

त्यस्तै, प्रदेश २ मा १ हजार २ सय ८८, प्रदेश १ मा १ हजार १ सय १६, प्रदेश ५मा ७ सय ६४ सुदूरपश्चिम प्रदेशमा २९३, गण्डकी प्रदेशमा १८२ र कर्णाली प्रदेशमा ९७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*