आजको भूकम्प २०७२ सालपछिको ठूलो, किन फरक फरक हुन्छ म्याग्निच्युड ?

नवयुग संवाददाता
३१ भाद्र २०७७, बुधबार १०:०५

काठमाडौं । राष्ट्रिय भूकम्प मापन केन्द्रले २०७२ सालपछि बुधबार बिहान गएको भूकम्प सबैभन्दा ठूलो भएको जनाएको छ ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने, “२०७२ सालपछि यति ठूलो भूकम्प गएकै थिएन । हामीले भन्दा पराकम्प भने पनि भूकम्प नयाँ र पुरानो भन्न मिल्दैन ।

५.९ म्याग्निच्युडसम्म गएका थिए तर आजको ६ म्याग्निच्युड हो । यति ठूलो गएको थिएन ।” ०७२ सालपछि सयौं साना परकम्प गएका छन् ।

किन फरक पर्छ म्याग्निच्युड ?

अधिकारीका अनुसार बुधबार गएको भूकम्पपछि सामाजिक सञ्जालमा आएका टिप्पणीले धेरैलाई किन म्याग्निच्युड फरक फरक हो भन्ने देखिएको छ ।

उनले यसलाई स्वाभाविक भनेका छन् । “धेरैलाई किन फरक भयो भन्ने लागेको छ । लोकल म्याग्निच्युड चाहिँ अरु म्याग्निच्युडभन्दा फरक हुन्छ । साना भूकम्प लोकल म्याग्निच्युडले नाप्छ त्यो पनि बढी हुन्छ फेरि । भूकम्पको मापन गरिने फर्मुला र नजिकको स्टेसन कि टाढाको भन्नेले पनि काम गरेको हुन सक्छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भूकम्पको मापन फरक फरक फर्मुलाबाट गर्दा अमेरिका, चीन र भारतमा फरक फरक पर्न सक्छ ।

उतामात्रै होइन, नेपालमा पनि विभिन्न ठाउँमा रहेका स्टेसनले फरक देखाउन सक्छ । तर नजिक रहेको स्टेसनलाई आधार मान्नुपर्ने हुन्छ । त्यसैले आज गएको भूकम्प ६ म्याग्निच्युडको हो । जुन भूकम्प २०७२ पछि सबैभन्दा ठूलो हो । यसरी पनि बुझ्नुपर्‍यो हाम्रो तरंगको तिव्रता यहाँ नजिकबाट नाप्दा अर्थात नजिकको केन्द्रले जति देखाउँछ टाढाको केन्द्रमा फरक पर्न सक्छ । हामीले हेर्ने भनेको नजिकको केन्द्र नै हो ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*