थाहा पाइराख्नुस् यी कानूनी कुरा….

अधिवक्ता कृष्ण प्रसाद अर्याल
३१ भाद्र २०७७, बुधबार ११:११

पुरानो कानून खारेज भई नयाँ कानून लागू भएको छ । सबै जनताले कानून जान्नै पर्दछ भन्ने सिद्दान्त रहेको छ । मैले कानून जानेको छैन, थाहा छैन भनेर कानूनी क्षमा पाईदैन । जानेर वा नजानेर कुनै गल्ती गरेमा वा कानूनले गर्न हुदैन भनेको कार्य गरेमा त्यसको जबाफ देही आफै हुनु पर्दछ । जसले गल्ती गर्छ सजायको भागीदार पनि उहि नै हुने हो । परिवारमा पनि कुनै एक जनाले कानूनी गल्ती गर्छ भने त्यसको सजाय पनि उसैले पाउँदछ ।

परिवारका सबै सदस्यले सजाय पाउदैनन् । मिलेमतो रहेछ भने उन्मुक्ति चाहिँ पाउदैनन । नेपालमा राजनैतिक परिबर्तन संग संगै नेपालको संबिधान २०७२ जारी हुनुको साथै नयाँ कानूनको रुपमा मुलुकी देवानी संहिता २०७४, मुलुकी देवानी कार्यबिधि संहिता २०७४,  मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४, फौजदारी कसूर ( सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४, स्थानिय सरकार सञ्चालन ऐन २०७४ लागु भएका छन । अन्य बिबिध बिधाका कानून पनि लागु भएका छन । प्रत्येक लेखमा अलग अलग बिषय बस्तुमा प्रकाश पार्ने जमर्को गरेको छु ।जुन सबैलाई जिबन उपयोगी रहने छ ।

बिबाहः-कुनै पुरुष र महिलाले कुनै उत्सब, समारोह, ‌औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाँई पति पत्नीको रुपमा स्वीकार गरेमा बिबाह भएको मानिन्छ । शारीरिक सम्पर्कबाट शिशु जन्मेमा बिबाह भएको मानिन्छ । बिबाह गरे पछि आफू रहने बस्ने स्थायी ठेगानामा बिबाह दर्ता गराउनु पर्छ । जिल्ला अदालतबाट पनि बिबाह दर्ता गराउन सकिन्छ । नेपाल बाहिर भए नेपालको राजदुताबास वा महाबाणिज्य दुताबासमा पनि बिबाह दर्ता गर्न सकिन्छ । बिबाह पछि महिलाले माईती तिरको र घर तिरको दुबै थर प्रयोग गर्न सक्छीन । माईतीको थरमात्रै पनि प्रयोग गर्न सक्छीन । पत्नीले घर तिरको पतिको थर मात्रै प्रयोग गर्छु भन्न पनि सक्छीन । पतिले पत्नीको थर प्रयोग गर्न भने पाउदैन । हाडनाता करणीमा सजाय हुने नातामा बिबाह गर्न पाईदैन भने २० बर्ष उमेर पुरा नगरेकी महिला संग पनि बिबाह गर्न गराउन हुदैन । एच आई भि वा हेपाटाईटिस बि, निको नहुने कडा रोग लागेको, यौनाङ्ग नभएको, नपुङसक भएको, सन्तान उत्पादन गर्ने क्षमता नभएको, पूर्ण रुपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रुपमा दृष्टिबिहीन वा कुष्ठ रोगी, होस ठेगानामा नरहेको, बिबाह भैसकेको, गर्भबती भएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहरेको ब्यक्ति संग बिबाह गर्न गराउन हुदैन ।

पुरुष वा महिलाको मञ्जुरी नभई, २० बर्ष भन्दा कम उमेरको, हाडनातामा बिबाह भएको, बैबाहिक सम्बन्ध कायम रहेको अबस्थामा गरेको अर्को बिबाह बदर हुन्छ । पति पत्नी बिच बैबाहिक सम्बन्ध अन्त्य भएमा, पति वा पत्नीको मृत्यु भएमा, पति वा पत्नीले कानून बमोजिम अंशबण्डा गरी भिन्न भएमा पुनः बिबाह गर्न पाईन्छ । बिबाह सम्बन्धी काम कुराबाट मर्का पर्ने ब्यक्तिले  तीन महिना भित्र अदालतमा नालेश गरी न्याय खोज्नु पर्ने हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*