योशिहिदे सुगा बने जापानको नयाँ प्रधानमन्त्री

नवयुग संवाददाता
२०७७, ३१ भाद्र बुधबार १२:४४

Advertisement

जापान । योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । संसदमा बुधबार भएको चुनावमा सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । यसअघि जापानको सत्तारुढ पार्टीले योशिहिदेलाई नयाँ नेता बनाउने निर्णय गरेसँगै उनी प्रधानमन्त्री बन्ने पक्का भएको थियो ।

Advertisement

गएको महिना शिन्जो आबेले स्वास्थ्यका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । ७१ वर्षका योशिहिदे यसअघिको मन्त्रीपरिषदमा मन्त्रीपरिषद सचिवको भूमिकामा थिए ।

Advertisement

उनी आबेका नजिकका सहयोगी हुन् । उनले प्रधानमन्त्रीका रुपमा आबेका नीतिहरु अघि बढाउने सम्भावना रहेको जनाइएको छ । सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी ९एलडीपी० को बहुमत रहेको तल्लो सदनमा ४६२ मध्ये ३१४ मत सुगाले पाएका हुन् ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*