हेटौंडामा किन गरे स्थानीयले राजमार्ग अवरुद्ध ?

नवयुग संवाददाता
३ चैत्र २०७५, आईतवार ०९:३१

मकवानपुर । हेटौंडामा स्थानीयहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । हेटौंडा उपमहागरपालिका वडा नं ३ र १९ को सीमानामा पर्ने तीनताप्केका स्थानीयहरुले राजमार्ग बन्द गरेका हुन् ।

सडक निकै जिर्ण बन्दै गइहरेको अवस्थामा समेत मर्मत नभएको भन्दै स्थानीयहरुले राजमार्ग अवरुद्ध गरेको जनाइएको छ ।

सडकमा ठूला ठूला खाल्डो हुँदा समेत राज्यले वेवास्ता गरेको र मर्मतामा ध्यान नदिएको भन्दै स्थानीयले राजमार्ग बन्द गरेका हुन् । सडक मर्मतको लागि पटक–पटक भएको सहमति लागू नभएपछि राजमार्ग अवरुद्ध गर्नुको विकल्प नभएको स्थानीयको भनाई छ ।

सडक मर्मत नहुँदा त्यस स्थानमा दुर्घटनाको जोखिम बढेको छ । स्थानीयहरु सडक मर्मत नहुँदा धुलो सहन बाध्य छन् । राजमार्गमा अवरुद्ध भएपछि सवारी आवतजावत समेत रोकिएको छ । सो स्थानमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तस्वीरः प्रष्ट खबरबाट

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*