मृत अवस्थामा फेला परिन् हेटौंडाकी सुवेदी

नवयुग संवाददाता
१ आश्विन २०७७, बिहीबार १८:२१

सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको हेटौंडामा एक महिलाको शव फेला परेको छ । बिहिवार रूद्रेश्वर मन्दिर नजिक खोल्सामा स्थानीय ६० वर्षीया लेखाकमाुरी सुवेदीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रवक्ता रानाका अनुसार, मृतक सुवेदी भदौ २८ गते दिउँसोबाट बेपत्ता भएका थिइन् । सुवेदी बेपत्ता भएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेको र आज दिउँसो साढे ३ बजे उक्त स्थानमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक महिलाको शव हाल पोष्टमार्टमको लागि हेटौंडा अस्पतालको शव गृहमा लैजाँदै गरेको प्रवक्ता रानाले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*