प्याजमा कालोबजारी गरेको भन्दै ६ ब्यापारीबाट विभागले उठायो १२ लाख जरिबाना

नवयुग संवाददाता
१ आश्विन २०७७, बिहीबार २२:१२

काठमाडौँ । आलुभित्र प्याज लुकाएर कालोबजारी गरेको अभियोगमा ६ व्यापारीबाट वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १२ लाख जरिबाना असुल गरेको छ।

उलक शब्जी भण्डार, दुलाल आलु भण्डारका सञ्चालक र तरकारी व्यापारी विजेश गौतमबाट५५र५५ हजार रूपैयाँ जरिवाना असुल गरिएको विभागले जानकारी दिएको छ।

रञ्जना आलु प्याज भण्डार र पशुपति आलु प्याज स्टोरका सञ्चालकलाई जनही २ लाख ५० हजार रूपैयाँ जरिवाना गरेको विभागले आरके ट्रेडर्सका सञ्चालकलाइ ३ लाख रूपैयाँ जरिवाना गरेको छ।

त्यस्तै माता सरस्वती खानेपानी लिमिटेलाई २ लाख ५० हजार रूपैयाँ जरिवाना गरेको छ।

बजारमा दिन प्रतिदिन प्याजको मूल्य बढ्न थालेपछि विभाग र काठमाडौं महानगरपालिकाले बजार अनुगमन गर्न थालेको छ। काठमाडौं महानगरपालिकाको संयोजकत्वमा आज कोटेश्वरको तरकारी बजारमा अनुगमन गरेको थियो।

अनुगमन गर्दा कोटेश्वरका तरकारी व्यापारी विजेश गौतमले आलु भित्र २९ बोरा प्याज लुकाएर राखेको र उलक शब्जी भण्डारका सञ्चालक ज्योतीनाथ उलकले १३ बोरा प्याज लुकाएर राखेको भेटिएको थियो।

त्यस्तै, दुलाल आलु भण्डारका सञ्चालकले बिल बिजक जारी नगरी प्रतिकेजी ७० रूपैयाँले किनेको प्याज १ सय ४० देखि १ सय ५० मा बिक्री गरेको पाइएपछि तिनै जना व्यापारीको कारोबार रोक्का गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*