रक्सी खानेबाट कोरोना सर्ने जोखिम धेरै

नवयुग संवाददाता
२०७७, ४ आश्विन आईतवार १८:३५

Advertisement

काठमाडौँ । जाँड, रक्सी, सुर्ती तथा लागुऔषधको प्रयोग गर्नेहरुले कोरोना भाइरस सङ्क्रमण फैलाउने सम्भावना बढी रहेको चिकित्सकहरुले बताएका छन् । त्यसैले यस्ता लत हटाउन उनीहरुले आग्रहसमेत गरेका छन् ।

Advertisement

जाँड, रक्सी, सुर्ती तथा लागुऔषधको प्रयोग गर्नेहरुले स्वास्थ्य मापदण्डको ख्याल नगर्ने र रोग प्रतिरोधी क्षमता पनि कम हुने भएकोले त्यस्ता व्यक्तिबाट कोरोना फैलने डर धेरै हुने मानसिक रोग विशेषज्ञ डाक्टर सगुन वल्लभ पन्तले बताए ।

Advertisement

यस्ता वस्तुको प्रयोगले मानसिक समस्यासमेत आउने र यसले जोखिम झनै बढाउने उनको भनाइ छ । साथै डा। पन्तले महामारीका बेला विभिन्न बहानामा जाँड, रक्सी तथा चुरोटलगायत लागुऔषध प्रयोग नगर्न र प्रयोग गर्दै आएको भएमा छाड्न अनुरोध गरेका छन् ।

Advertisement

अहिले अस्पतालहरुमा रक्सीजन्य वस्तुको प्रयोगबाट मानसिक समस्या भएकाहरु पुग्ने क्रम बढेको भन्दै उनले यदि यस्ता वस्तुको लत भएमा तत्कालै उपचार गर्न पनि अनुरोध गरेका छन् ।

जाँड, रक्सी, चुरोट खानेहरुलाई कोरोना सङ्क्रमण भएमा तुलनात्मक रुपमा बढी असर गर्ने भएकोले आफू र आफ्ना परिवारका लागि पनि यस्ता बानी त्याग्न डाक्टरहरुको आग्रह छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*